काठमाण्डाैंः संघिय संसदमा पेस भएको आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेटमाथि नेकपाले ५ बुँदे फरकमत राखेको छ । ऋषि कट्टेल नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुबेदीले शनिवार विज्ञप्ति निकालेर आफ्नो युनियनको धारणा सार्वजनिक गरेका हुन् ।
अध्यक्ष सुवेदीद्धारा शनिवार जारी विज्ञप्तीमा, बिश्वब्यापी कोरोना भाइरसको महामारी र देशको आधारभूत उत्पादक र जीवनदायिनी शक्ति किसान बर्गको उत्थान र प्रगतिका निमित्त जस्तो नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिनु पर्दथ्यो बर्तमान सत्ता र सरकारले त्यस्तो नीति र बजेट दिन सक्तैन भन्ने कुरा फेरि पनि प्रष्ट भएको उल्लेख गरिएको छ ।
१. कृषि उत्पादन र ब्यवसायमा आएको ठूलो ह्रास, कृषिजन्य उद्योगहरु ठप्प भएको स्थिति र अभूतपूर्बरुपमा बढ्दो बेरोजगारी खाशगरी, कोभिड-१९ बिश्वब्यापी महामारीले स्वास्थ्य र अर्थतन्त्रमा सर्बत्र पारेको गम्भीर नकारात्मक प्रभावको परिप्रेक्षमा जस्तो किसिमको कृषि, किसान र भूमि नीति र त्यसको लागि पर्याप्त बजेट तर्जुमा गरिनु पर्दथ्यो यो बजेटले मूलभूतरुपमा त्यसो गर्न सकेको छैन ।
२. सामान्य अबस्थामा गरिने सामान्य सुधारका कार्यक्रमहरुले अहिलेका ज्वलन्त समस्याहरुको समाधान गर्न र किसान बर्गमा उत्साह र ऊर्जा प्रदान गर्न सक्तैन भन्ने कुरा सरकारले ख्याल गरेको यो बजेटले देखाउन सकेको छैन ।
३. जबसम्म देशमा सामन्ती भूस्वामित्व र असमान जमिन बितरणको समस्यालाई हल गर्ने बैज्ञानिक क्रान्तिकारी भूमिसुधार, राष्ट्रिय औद्योगिकरण र आम बिद्यूतिकरणको आधारभूत राष्ट्रिय महत्व कुरालाई एउटै प्याकेजकोरुपमा ल्याएर तिनलाई एक अर्काको परिपूरककोरुपमा प्रयुक्त र सञ्चालन गरेर कृषि र किसानको उत्पादन र उत्पादकत्व ब्यापकरुपमा बढाउने कार्यक्रम, नीति र बजेटको तर्जुमा गरिदैन तबसम्म सतही किसिमले कृषि र किसानको प्रगति तथा आत्मनिर्भर राष्ट्रिय बिकासको आधार तयार हुदैन ।
४. यथास्थितिबादी सामान्य सुधारका रंगीचंगी कुराले पर निर्भरताको पासोबाट देशको अर्थतन्त्र, राजनीति र सँस्कृति पनि मुक्त हुन सक्तैन । फलतः किसानको उन्नति र राष्ट्रिय स्वाधीनता तथा सार्बभौमिक अखण्डतालाई पनि सही अर्थमा जोगाउन र सुदृढ तुल्याउन पनि सकिदैन भन्ने कुरा अखिल नेपाल किसान यूनियन प्रष्टरुपमा औंल्याउन चाहन्छ ।
५. अन्ततः जे जति सुधारका नीति र बजेट प्रस्तुत गरिएको छ त्यो पनि बिगतका अनुभवहरुलाई हेर्दा निष्पक्ष किसिमले बिनाकुनै झण्झट बास्तबिक किसानले पाउन सक्ने कुरामा बिश्वास गर्न दिदैन । यस बारेमा सरोकारवाला सबैले खबरदारी आन्दोलन चलाउनु पर्ने कुरा निरन्तर रहनु पर्दछ भन्ने अखिल नेपाल किासन यूनियन ठान्दछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया