काठमाण्डौंः पहिलो टी-२० खेलमा वेस्ट इन्डिजले पाहुना टोली भारतलाई हराएको छ ।
ब्रायन लारा स्टेडियममा भएको खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याएको भारतले ९ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो ।
भारतका लागि तिलक वर्माले सर्वाधिक ३९ रन बनाए । वेस्ट इन्डिजका लागि रोमियो सेफर्ड,जोसेफ होल्डर र ओवेद म्याकवेले २/२ विकेट लिए । अन्तिम ओभरमा भारतलाई १० रन चाहिएको थियो तर यस ओभरमा भारतले २ विकेट गुमाएर ४ रन मात्रै बनाउन सक्यो ।
![]()
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजको लागि रोमन पावेलले ४८ र निकोलस पुरनले ४१ रन बनाएका थिए । भारतका अश्रदीप सिँह र यजुवेन्द्र चाहालले २/२ विकेट लिए ।
भारत र वेस्ट इन्डिजबीच ५ खेलको शृङखला हुन लागेको हो । यसअघिको एकदिवसीय र टेष्ट शृङ्खला भारतले जितेको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया