असार २४, २०८२ मंगलबार July 8, 2025

आइसोलेसनमा रहेकी २ वर्षीया बालिकाको मृत्यु, कोरोना परीक्षण गर्न स्वाब संकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताएका छन । ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका थिए,’ उनले भने, ‘गाउँको क्वारेन्टाइनमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको हो ।’
१५ गते बालिकालाई अस्पताल भर्ना गरिएको उनले बताएका छन । भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको उनले बताएका छन । बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याइ पुराउँदा बालिकामा कडा निमोनिया रहेको उनले बताएका छन । ‘सुधार भएको थिएन । स्वास फेर्न कठिन थियो मुटुको चाल बढेको थियो,’ उनले भने । शनिबार बिहान बालिकासँगै उनका बुवा र आमाको पनि पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिएको उनले बताएका छन ।

‘आइतबार दिउँसोसम्म रिपोर्ट आउँछ,’ उनले भने, ‘शव यहीँ छ । पोजेटिभ आयो भने डिस्पोज गर्छौं, नेगेटिभ आयो भने परिवारलाई जिम्मा लगाउँछौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार