मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

फिफा महिला विश्वकप : क्वार्टरफाइनलको पहिलो खेलमा स्पेन र नेदरलन्ड्स भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः साबिक विजेता एवम् विश्वकपको सफल टोली अमेरिका र दुई पटकको विजेता जर्मनी  घर फर्कँदा फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।

यसपटक अमेरिका प्रिक्वार्टरफाइनलबाट घर फर्किन बाध्य बन्यो भने जर्मनी समूह चरणमै रोकियो । चार पटकको कीर्तिमानी विजेता अमेरिका प्रिक्वार्टरफाइनलमा स्विडेनसँग सडनडेथमा ५–४ गोलले स्तब्ध बनेको थियो ।

यस्तै दुई पटकको विजेता जर्मनी पनि समूह चरणबाटै घर फर्कियो । जर्मनी पहिलो पटक विश्वकपको समूह चरणबाट बाहिरिएको हो । अष्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेको जारी विश्वकपमा सहभागी ३२ टोलीमध्ये अब आठ टोलीबिच क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

अगस्ट ११ तारिखबाट सुरु हुने क्वार्टरफाइनलको पहिलो खेलमा स्पेन र नेदरलन्ड्स भिड्नेछन् । सोही दिन अर्को क्वार्टरफाइनल खेलमा जापानले स्विडेनको सामना गर्नेछ । यस्तै अगस्ट १२ तारिख अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बियाबिच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनल खेल अगस्ट १५ र १६ तारिख हुनेछ । सेमिफाइनलमा पराजित टोलीबिच अगस्ट १९ मा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ भने फाइनल खेल अगस्ट २० तारिख हुनेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार