मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

राखेपका कर्मचारी आन्दोलित – सङ्घर्षका कार्यक्रम सार्वजनिक

नियमअनुसार हुनुपर्नेमा बढुवा नभएको भन्दै आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् कर्मचारी सङ्घले सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ। कर्मचारी सङ्घले बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्दै नियमअनुसार हुनुपर्नेमा बढुवा नभएको भन्दै विभिन्न चरणको सङ्घर्षका कार्यक्रम घोषणा गरेको हो।

परिषद्को ११६औँ बोर्ड बैठकले निर्णय गरे पनि युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही निहित स्वार्थ बोकेका कर्मचारीले असहयोग गरेका कारण बढुवा रोकिएको कर्मचारी सङ्घले आरोप लगाएको छ।

परिषद्को ११६औं बोर्ड बैठकको निर्णय अनुसार कर्मचारी सेवामा २०६८ को दोस्रो संशोधन परिच्छेद ६ को दफा ५६ को उपनियम १ र १ (क) का मा भएको व्यवस्था बमोजिम कर्मचारीहरूको बढुवा प्रक्रिया अगाडि बढाइ सूचना प्रकाशित समेत गरी परिषद् अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका कर्मचारी हरूमध्ये नियमानुसार सम्भावित कर्मचारीहरूले तोकिएकै मिति भित्र परिषद्मा आएर पदपूर्ति समितिबाट बढुवाका लागि स्वीकृत दरखास्त फारम भरी बुझाइसकिएको संघले जनाएको छ।

पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्ति-

यस राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत् रहेका कर्मचारीहरुको लामो समय सम्म बढुवा नभई संस्थागत रुपमा नै ठुलो समस्या श्रृजना भई खेलाडी, प्रशिक्षकहरु समेत पलायन भईरहेको अवस्थामा कर्मचारी संघको पहलमा परिषद्को ११६ औं बोर्ड बैठकको निर्णय अनुसार कर्मचारी सेवा शर्त नियमावली २०६८ को दोश्रो संशोधन परिच्छेद ६ को दफा ५६ को उपनियम १ र १(क) मा भएको व्यवस्था वमोजिम कर्मचारीहरुको बढुवा प्रक्रिया अगाडी बढाई सुचना प्रकाशित समेत गरी परिषद अन्तर्गत सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत् रहेका कर्मचारी हरुमध्ये नियमानुसार सम्भावित कर्मचारीहरुले तोकिएकै मिति भित्र परिषद्मा आएर पदपूर्ति समितिबाट बढुवाका लागि स्विकृत दरखास्त फारम भरी बुझाईसकिएको र पदपूर्ति समितिले पनि बिद्यमान नियमावली बमोजिम समितिबाट गर्नुपर्ने प्रारम्भिक चरणका कार्यहरु ९९ प्रतिशतभन्दा बढी सम्पन्न गरी बढुवाको लागि योग्य उम्मेदवारको अन्तिम नामावली निर्णय’ गरी अनुमोदनका लागि परिषद् समक्ष सिफारीस गर्नुपर्ने काममात्र बाँकी रहेको अवस्थामा युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही निहीत स्वार्थ बोकेका कर्मचारीहरुले राष्ट्रिय खेलकुद परिषद् प्रति रहेको असहयोगका कारणले माननीय युवा तथा खेलकुद मन्त्री युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवज्यू बाट भएको ऐतिहासिक र सकारात्मक कार्यले समेत सार्थक परिणाम पाउन नसकिरहेको कारणले यस कर्मचारीसंघले माननीय युवा तथा खेलकुद मन्त्री मन्त्रालयका सचिवज्यू परिषद्का उपाध्यक्ष लगायत परिषद्का सदस्य सचिवज्यू लाई ३ दिनको समयसिमा दिई ज्ञापन पत्र बुझाएको व्यहोरा पत्रकार मित्रहरुमा जानकारी गराउदै उक्त ज्ञापन पत्रको माग अनुसारको सकारात्मक सम्वोधन सम्वन्धित पक्षबाट नआएकोले यो प्रक्रिया लाई छिटो भन्दा छिटो सार्थक परिणाममा पु–याउनका लागि यस कर्मचारीसंघको निर्णय अनुसार मिति २०८० श्रावण २६ गते शुक्रवारका दिनदेखि देहायका प्रथम चरणका संघर्षका कार्यक्रम घोषणा गरी चरणबद्व आन्दोलनमा उत्रने व्यहोरा पत्रकारमित्रहरुमा जानकारीका लागि अनुरोध छ ।

संघर्षका कार्यक्रमहरु

१) २०८० श्रावण २६ गते शुक्रवारका दिन बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीहरुको भेला गराई कोण सभा कार्यक्रमको आयोजन गर्ने ।

२) २०८० श्रावण २८ देखि ३० गते सम्म कालो पट्टि बाँधि नियमित कार्यालयको काम गर्ने ।

३) २०८० श्रावण ३१ गते बुधवारका दिन कालो पट्टि बाँधि १ घण्टा, श्रावण ३२ गते बिहिवारका दिन र भाद्र १ गते शुक्रवारका दिन कालो पट्टि बाँधि २ घण्टा पेन डाउनगरी बिरोध जनाउने ।

अन्तमा हाम्रो निमन्त्रणालाई स्विकार गरी उपस्थित भईदिनु भएका पत्रकार मित्रहरुमा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ धन्यवाद् दिदै यहाँहरुको संचार माध्यम मार्फत सरोकारवाला सम्बन्धित सबैपक्षहरुलाई आवश्यक सहयोग र समन्वयका लागि ध्यानाकर्षण गराईदिन हुन अनुरोध गर्दछु ।
धन्यवाद ।

सरस्वती केसी (भण्डारी)
अध्यक्ष

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार