मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

आईसीसी क्रिकेट विश्वकपमा ९ वटा खेल तालिका परिवर्तन

विश्वकप क्रिकेट आउँदो अक्टोबर ५ तारिखदेखि नोभेम्बर १९ तारिखसम्म भारतमा हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल तालिका परिवर्तन भएसँगै बाँकी आठ वटा खेलको पनि मिति हेरफेर भएको छ ।

भारत र पाकिस्तानबीचको खेल शुरुमा अक्टोबर १५ तारिखमा अहमदाबादमा हुने भनिएको थियो तर घटस्थापनाको दिन परेकाले सुरक्षालाई ध्यान दिँदै एक दिनअघि अर्थात् अक्टाेबर १४ मा सारिएको आईसीसीले जनाएको छ । १० अक्टोबरमा हुने इङ्ग्ल्याण्ड र बङ्गलादेशबीचको खेलमा मिति नभई समय मात्रै परिवर्तन भएको छ ।

यस्तै पाकिस्तान र श्रीलङ्काबीच अक्टोबर १२ तारिखमा हुने तय भएको खेल अब अक्टोबर १० तारिखमै हुनेछ । अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल पनि एक दिन छिटो अर्थात् अक्टोबर १२ तारिखमा हुनेछ । न्युजिल्यान्ड र बङ्गलादेशबीचको खेल पनि एक दिन पहिले नै अक्टोबर १३ तारिखमा हुनेछ । अक्टोबर १४ तारिखमा हुने तय भएको इङ्ग्ल्यान्ड र अफगानिस्तानको खेल एक दिनपछिका लागि सरेको छ ।

यस्तै अस्ट्रेलिया र बङ्गलादेशबीचको खेल एक दिनअघि सरेर नोभेम्बर ११ तारिखमा हुनेछ । इङ्ग्ल्यान्ड र पाकिस्तानले नोभेम्बर ११ र भारत र नेदरल्यान्ड्सले नोभेम्बर १२ तारिखमा खेल्नेछन् ।

विश्वकप क्रिकेट आउँदो अक्टोबर ५ तारिखदेखि नोभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ । विश्वकपका खेल भारतका १० वटा शहरमा हुनेछ । हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनउ, पुने, बेङ्गलुरु, मुम्बई र काेलकातामा खेल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार