मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ खेल हुँदै

नयाँ सिजनको पहिलो खेलमा सिटीले बर्नलीलाई ३–० गोलले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा बेलुका सवा ५ बजे आर्सनल र नटिङ्घम फरेस्ट खेल्दैछन् ।

त्यस्तै सेफिल्ड युनाइटेड र क्रिस्टल प्यालेस, बर्नमाउथ र वेष्टह्याम, ब्राइटन र नवप्रवेशी लुटन टाउन तथा एभर्टन र फुलहमबीचको खेल बेलुका पौने ८ बजे हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा सिटीले बर्नलीलाई ३–० गोलले हरायो ।

सिटी साविक उपाधि विजेता टोली हो । जितसँगै सिटीले पहिलो खेलबाट तीन अङ्क जोडेको छ । बर्नली प्रिमियर लिगमा यसै सिजन बढुवा भएको हो । सिटीले गएको सिजन युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप गरी तीन वटा उपाधि जितेको थियो ।

सिटी एकै सिजनमा यी सबै उपाधि जित्ने दोस्रो टोली हो । यसअघि सन् १९९९ मा म्यानचेस्टर युनाइटेडले यी ३ वटै उपाधि जितेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार