असार ३२, २०८२ बुधबार July 16, 2025

अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली संघका पदाधिकारीहरूको भेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः थाई नेपाली संघ थाइल्यान्डका पदाधिकारीहरूले राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग उहाँको सिंहदरबारस्थित कार्यकक्षमा मङ्गलवार भेट गर्नुभएको छ ।

भेटमा उहाँहरूले थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपाली भाषी थाई नागरिकलाई गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकका समस्याहरू समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने बताउनुभयो ।

नेपालबाट दोस्रो विश्वयुद्ध ताका म्यानमार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकहरूको चौथो पुस्ता पुगिसकेको छ ।

गेेर आवासीय नेपाली सङ्घको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु परेको तथा नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्यान्डकी अध्यक्ष वासाना राईले बताउनुभयो ।

थाइल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया