मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

भालुको त्रासपछि जापानको गल्फ प्रतियोगिता पुनः रद्द

पछिल्लो दुई महिनामा दोस्रो पटक भालुले खेल रोकेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टोकियो, ३२ असार (रासस/एएफपी) : बुधबार भालु देखिएपछि जापानमा भइरहेको गल्फ प्रतियोगिताका आयोजकहरूले उद्घाटन दिन रद्द गर्ने निर्णय गरेका छन् । पछिल्लो दुई महिनामा दोस्रो पटक भालुले खेल रोकेको छ ।

उत्तरी जापानको सेन्दाई क्लासिक गल्फ क्लबमा भइरहेको व्यावसायिक जेएलपिजिए टुरको मेइजी यासुदा लेडिज प्रतियोगिताको पहिलो टी को नजिक बिहान भालु देखिएको थियो ।

सोही दिन निर्धारित प्रो–एम प्रतियोगिता रद्द गरिएको थियो । आयोजकहरूले पछि बिहीबारको उद्घाटन दिन पनि रद्द गर्ने निर्णय गरे ।

आयोजकहरूले बाँकी प्रतियोगिता खेलाउने वा रद्द गर्ने भन्नेबारे पछि निर्णय गर्ने बताएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशि १० करोड येन (६ लाख ७० हजार डलर) छ ।

“बुधबार कोर्समा भालु देखापरेको रिपोर्ट गरिएको थियो र सहभागीहरू, खेलाडीहरू र कर्मचारीहरूको सुरक्षाका लागि प्रो–एम प्रतियोगिता रद्द गरिएको थियो”, प्रतियोगिताको वेबसाइटमा एक विज्ञप्तिमा भनिएको छ, “सुरक्षा सुनिश्चित गर्न र भविष्यका उपायहरू विचार गर्न हामीले बिहीबारको उद्घाटन दिन रद्द गर्ने निर्णय गरेका छौँ । हामी शुक्रबारदेखि प्रतियोगिताको विवरणहरू निर्णय भए लगत्तै घोषणा गर्नेछौँ ।”

मे महिनामा मध्य जापानमा महिला दोस्रो–स्तरीय स्टेप अप टुरमा ट्विनफिल्ड लेडिजको अन्तिम राउन्ड कोर्समा भालु देखापरेपछि रद्द गरिएको थियो ।

अर्को महिना, धावन मार्गमा घुम्दै गरेको भालुले जापानी विमानस्थललाई उडानहरू रद्द गर्न र दिनभरका लागि यात्रुहरूका लागि बन्द घोषणा गर्न बाध्य पारेको थियो ।

गत वर्ष जापानमा भालुहरूसँगको मानव मुठभेड रेकर्ड स्तरमा पुगेको थियो । सन् २०२४ अप्रिलसम्म १२ महिनामा दुई सय १९ मानिसमाथि आक्रमण र छ जनाको मृत्यु भएको थियो ।

खानाका स्रोतहरू र शीतनिद्राको समयमा प्रभाव पार्ने जलवायु परिवर्तन तथा बुढ्यौली समाजले निम्त्याएको जनसङ्ख्या कमीले भालुहरूलाई बढी पटक सहरहरूमा प्रवेश गर्न प्रेरित गरिरहेको वैज्ञानिकहरूले बताएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपीएलको उपाधि भिडन्त तय, साविक विजेता लुम्बिनी र सुदूरपश्चिम आमनेसामने
२०८३ मंग्सिर ४, शुक्रबार
नेपालले जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी-२० अन्तर्राष्ट्रिय खेल्ने
२०८३ मंग्सिर ४, शुक्रबार
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार