काठमाडौंः क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा भएको सुनुवाइ स्थगित भएको हो ।
आजको इजलासले पीडित ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको छ । ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण भएपछि अदालतले पुनः पेशी तोक्ने जनाइएको छ ।
सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाली किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै जिल्ला अदालत काठमाडौंले उमेर यकिन गर्न आदेश दिएको हो ।
इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ । जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने अदालतले जानकारी गराएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया