असार २४, २०८२ मंगलबार July 8, 2025

जुवा खेलिरहेका बेला नगदसहित ८ व्यापारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौंको कमलादीस्थित बुटिक होटलमा जुवा खेलिरहेका बेला ८ व्यापारी र होटल सञ्चालक पक्राउ परेका छन्। दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तले उनीहरूलाई सोमबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार व्यापारीहरू नन्दकिशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा र विमलकुमार खेतानलाई जुवा खेलिरहेका बेला पक्राउ गरिएको हो।

वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। टोलीले होटल सञ्चालक कोलकताका मिक्की जोगाईलाई समेत पक्राउ गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामकुमार ज्ञवालीले ८ जुवाडे र एक जना होटल सञ्चालक पक्राउ गरिएको पुष्टि गरेका छन। अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन्। उनी विशाल ग्रुपका सञ्चालकसमेत हुन्।

उनीहरूको साथबाट प्रहरीले १ सय ७९ चिप्स र २ लाख ७७ हजार नगदसमेत बरामद गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार