काठमाण्डौंः आयरल्याण्डसँगको टी-२० शृङ्खला भारतले जितेको छ ।
गएराति भएको दोस्रो खेलमा घरेलु टोली आयरल्याण्डलाई ३३ रनले हराएसँगै भारतले शृङ्खला एक खेल अघि नै जितेको हो ।
जितका लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।
आयरल्यान्डका एन्डी बालबिर्नीले ७२ रनको अर्धशतकीय पारी खेले । भारतका जस्प्रित बुमराह, प्रसिद्ध कृष्णा र रवि विश्रोईले समान २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । भारतका लागि ऋतुराज गायकवाडले ५८ रनको अर्धशतकीय पारी खेले । तथा अन्तिम खेल पर्सि बुधवार हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया