काठमाडौंः प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित भएको छ ।
आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसकेको भनी सूचना टाँसेर भोली दिउँसो ३ बजे सम्मका लागि स्थगित गरिएको हो ।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही साउन १० गते देखी निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ ।
संसद्को गतिरोध अन्त्यका लागि दलहरुबीच निरन्तर छलफल भइरहेको र उच्चस्तरीय छानविन समिति गठन गर्ने विषयमा दलहरू सहमति नजिक पुगे पनि ठोस सहमति हुन बाँकी रहेका कारण आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया