काठमाण्डौः समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौलाले लकडाउनको बहानामा सरकारले जनतालाइ भोकभोकै मरिरहेको आरोप लगाएका छन् ।
नेपाल समाजवादी काँग्रेस पार्टीले सोमबार काठमाण्डौको बिजुलीबजार स्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष निरौलाले लकडाउनका कारण मान्छेहरू खान नपाइ मरिरहेको बताएका हुन् ।
घरघरमा भोकमरी चलेको छ, चुलो बलेको छैन लाजमर्दो भएको भन्दै उनले हेलिकोप्टर बेचेर भएपनि जनताको उपचार खर्च गर्नुपर्ने बताए । भष्ट्रचार गर्न सांसदलाइ दिएको ६ करोड रकम राष्ट्रिय बजेटमा ल्याएर कोरोना महामारी र बिकासमा खर्च गर्नुपर्ने उनको सुझाब छ ।
यदि राज्यले त्यसो नगरे कोठाबाट बिद्रोह शुरू हुने भन्दै उनले अहिलेको समयलाइ नबुझेर मानिसहरूले सडकमा गित गाइ रहेको आरोप समेत लगाए । प्रविधिलाइ बुझेको मान्छे कोठाबाटै बिद्रोह शुरू गर्ने हो भन्दै अध्यक्ष निरौलाले अहिलेको समयलाइ नबुझेकाहरूले मात्र सडकमा बिद्रोहको गित गाइरहेको समेत बताए ।
भष्ट्रचारको बिरोधमा लामो समय खर्चिएका उनले १२ खर्व बैदेशिक ऋणको प्रसङ्गमा प्रचण्डलाई गाडी फेर्न र प्रधानमन्त्रीलाइ किड्नी फेर्न बाहेक कुनै पनि विकाश खर्चमा लगानी नभएको आरोप समेत लगाए । सरकारका पछिल्ला गतिविधि जनता बिरोधी रहेकाले यो सरकारबाट कुनै पनि नागरिकले केही सम्भाबना नरहेको ठोकुवा गरेका छन् ।
भारतले सीमा अतिक्रमण गर्दा पनि सरकारले जमिन फिर्ता लिन कुनै पहल नगरेको भन्दै उनले सन् १८१६ मा गरिएको सुगौली सन्धिले त्यो भूभाग नेपालकै भन्ने प्रशस्तै प्रमाण भएपनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । सरकारले अरू प्रमाण खोज्न लाग्नु र पेश गर्नु आवश्यक नरहेको उनको जिकिर छ ।
नेपालमा वैदेशिक सहयोग आवश्यक भएको भएपनि राष्ट्रिय स्वाधीनतालाई बेचेर लिन खोजिरहेको भन्दै अमेरिकी सहयोग परियोजना (एमसीसी) कुनै हालतमा पास गर्न नहुने बताएका छन् ।
भारतले अतिक्रमण गरेको नेपालको भु-भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर दावी गर्दै आफुहरूले बेलायत, भारत र चीनिया दुताबासलाइ स्मरण पत्र बुझाइ सकिएको सचिव मान बहादुर गुरूङ्ले बताए । उनका अनुसार सोमबार भारतीय दुताबास लैनचौरमा स्मरण पत्र बुझाउन जाँदा आफुहरूलाइ सरकारले प्रहरी लगाएर प्रवेश गर्न नदिएको आरोप समेत लगाएका छन् ।
यसैबिच सो पार्टीले जाजरकोटमा घटेको घटना मानवताबिरोधी जघन्य अपराध भएको बताएको छ । समाजबादी काँग्रेसले उक्त घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया