मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सिटी छाडेर रोनाल्डोको टोलीमा लापोर्टे

क्रिस्टियानो रोनाल्डोपछि अल नासर पुग्ने अर्का हाइप्रोफाइल खेलाडीको सूचीमा थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्पेनिस डिफेन्डर एमरिक लापोर्टे प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी छाडेर साउदी प्रो–लिग टोली अल नासर पुगेका छन् । उनलाई साउदी क्लबले २.७५ करोड युरोमा खरिद गरेको हो ।

२९ वर्षीय खेलाडी सन् २०१८ को जनवरीमा एथ्लेटिक बिल्बाओबाट त्यतिबेला क्लब रेकर्ड ५.७ करोड पाउन्डमा सिटीसँग आबद्ध भएका थिए । सिटीमा रहँदा उनले क्लबलाई १२ वटा उपाधि दिलाउन सहयोग गरेका थिए । तर, गत सिजन सिटीले ट्रेबल जित्दा उनले मात्र २४ खेल खेल्न पाएका थिए ।

सामाजिक सञ्जालमा लेख्दै लापोर्टेले फ्यान र सहकर्मीहरूलाई धन्यवाद दिएका छन् । ‘साढे पाँच वर्ष अविस्मरणीय रह्यो । थुप्रै सम्झनाहरूलाई म जीवनभर हृदयको नजिक राख्नेछु,’ उनले लेखेका छन् ।

सिटीका लागि १८० खेल खेल्दै उनले १२ गोल गरेका छन् । तर, गत सिजन प्रशिक्षक पेप ग्वार्डिओलालले म्यानुएल अकान्जी र नाथान आकेलाई बढी प्रयोग गरेपछि उनले निकै कम खेल खेल्न पाएका थिए । अझ यो सिजन सिटीले क्रोएसियाका डिफेन्डर जोस्को ग्भार्डिओललाई भित्र्याउन ७।७ करोड पाउन्ड खर्चिएको छ ।

उनी क्रिस्टियानो रोनाल्डोपछि अल नासर पुग्ने अर्का हाइप्रोफाइल खेलाडीको सूचीमा थपिएका छन् । यसअघि क्लबले साडियो माने, मार्सेलो ब्रोजोभिच, एलेक्स टेलेस र सेको फोफानालाई अनुबन्ध गरिसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार