काठमाण्डौः शीर्ष वरीयताका नर्वेली ग्रान्डमास्टर (जीएम) म्याग्नस कार्लसेनले फाइनलमा १८ वर्षीय रमेशबाबु प्रागननन्दलाई टाइब्रेकमा पराजित गर्दै अजरबैजानको बाकुमा भएको चेस विश्वकपको उपाधि बिहीबार जितेको छ ।
कार्लसेन ‘फुड पोइजन’ ले समस्यामा पारेपछि फाइनलभन्दा पनि उनको स्वास्थ्यलाई लिएर बढी चर्चा भएको थियो । त्यसैले हुनसक्छ ३२ वर्षीय उनले फाइनलमा सुरुका दुई खेल (क्लासिकल) लाई लम्ब्याउन चाहेनन्, बराबरीमा टुंग्याएर उपाधि होड टाइब्रेकमा लगेका थिए ।
२८३५ रेटेड कार्लसेनले र्यापिड चेसको रुपमा आयोजित टाइब्रेकको पहिलो खेल कालो गोटीबाट खेल्दै जितेर २६९० रेटेड जीएम प्रागलाई दबाबमा राखेका थिए । उनले दोस्रो खेल बराबरीमा टुंग्याउादै २.५–१.५ अंकले प्रागलाई पराजित गर्दै पहिलोपल्ट विश्वकप च्याम्पियन भएका हुन् ।
प्रागलाई उपाधि होडमा कायम रहन दोस्रो खेल जित्नैपर्ने बाध्यता थियो भने कार्लसेनको लागि बराबरी नतिजा नै ट्रफी चुम्न पर्याप्त हुने थियो । शीर्ष तीनमध्येका दुई खेलाडीलाई पराजित गर्दै विश्वकपको फाइनल खेल्ने सबभन्दा कान्छो खेलाडी भएका प्रागले कार्लसेनलाई टाइब्रेकमा खासै चुनौती दिन सकेनन् । त्यसैले कार्लसेन सन् २००० देखि सुरु भएको चेस विश्वकपको १२ औं संस्करणमा आएर पहिलोपल्ट च्याम्पियन भए ।
पाँचपल्टको विश्व च्याम्पियनसिप विजेता कार्लसेनले विश्वकप जितेसागै क्लासिकल चेसका मुख्य सबै उपाधि कब्जा गरेका छन् । प्रत्येक दुई वर्षमा हुने वश्वकपमा ११ औं संस्करणको तेस्रो स्थानमा पुग्नु नै यसअघि कार्लसेनको सबभन्दा राम्रो नतिजा थियो । उनले उपाधिसागै १ लाख १० हजार अमेरिकी डलर हात पारे भने प्रागले ८० हजार डलर प्राप्त गरे । अमेरिकी फावियनो करुअनाले अजरबैजानका निजात अबासोभलाई टाइब्रेकरमा ३–१ ले हराएर तेस्रो स्थान हासिल गरे । करुअनाले ६० हजार र अबासोभले ५० हजार डलर प्राप्त गरे ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया