काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले बर्नमाउथलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो । टोटेनहमको जितमा खेलको १७ औं मिनेटमा जेम्स म्याडिसनले तथा ६३ औं मिनेटमा डेजान कुलुसेभ्स्कीले गोल गरे ।

यस्तै, टोटनहमले बर्नमाउथलाई २-० गोलले हराएको छ । आर्सनल भने फुलहमसँग २-२ गोलको बराबरीमा रोकिएको छ । अरु खेलमा उल्भ्सले एभर्टनलाई र वेस्टह्यामले ब्राइटनलाई हराएका छन् ।
जितसँगै ३ खेलबाट ७ अंक जोडेको टोटेनहम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १ अंक रहेको बर्नमाउथ भने १६ औं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया