मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

सिन्धुपाल्चोकमा क्रिकेट प्रतिको मोह बढ्दो

इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सिन्धुपाल्चोकमा क्रिकेटका गतिविधि बढ्न थालेका छन् । यसका लागि स्थानीय तहले पनि चासो दिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले एकनाथ नेपाललाई भारतमा क्रिकेट प्रशिक्षण गराउने भएको छ ।

सिन्धुपाल्चोक क्रिकेट सङ्घ तदर्थ समितिको पहलमा प्रशिक्षण दिइनेछ । शनिवार एक कार्यक्रमबीच पालिकाले नेपालको बिदाइ गरेको हो । अलराउन्डर उहाँले भारतमा एक महिना विशेष प्रशिक्षण गर्नुहुनेछ ।

जिल्ला क्रिकेट सङ्घले विशेष अभियान स्वरूप एक पालिका दुई खेलाडी प्रशिक्षणअन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिकाले युवा ब्याटिङ अलराउन्डर सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई भारतमा अभ्यास गर्न पठाएको थियो ।

नेपालले पनि काल्का क्रिकेट एकेडेमीमा पुनित मेहरासँग प्रशिक्षण लिनुहुनेछ । इन्द्रावती गाउँपालिकासँग दुई खेलाडीका लागि सम्झौता भए पनि एक खेलाडी व्यक्तिगत कारणले दसैँलगत्तै जाने बताइएको छ । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विजय धितालले बाँकी एक खेलाडी जिल्ला स्तरीय खेलेको इन्द्रावतीकै पठाउने जानकारी दिनुभयो ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाउँपालिकाको खेलकुद विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तयार रहेको र यो सहकार्य सुरुआत मात्र भएको बताउनुभयो । गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले लुकेर रहेका प्रतिभालाई एकीकृत गरी समग्र जिल्लाको क्रिकेटलाई माथि उठाउने जिल्ला क्रिकेट सङ्घको कार्यको प्रशंसा गर्नुभयो ।

जिल्ला क्रिकेट सङ्घका सदस्य प्रकाश सापकोटाले समग्र जिल्लाको क्रिकेट विकासका लागि जिल्ला एक पालिका दुई खेलाडी प्रशिक्षण कार्यक्रम कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घका अध्यक्ष धितालले सिन्धुपाल्चोकमा क्रिकेट संस्कार बढाउन यस्ता कार्य गर्दै आएको बताउनुभयो । पछिल्लो समय सङ्घले सिन्धुपाल्चोकमा क्रिकेटलाई सक्रिय पार्दै आएको छ ।

जिल्लाको क्रिकेटमा विकास गर्न पाँचपोखरी थाङपाल गाउँपालिकाको आयोजनामा तल्लो मूलपानी क्रिकेट मैदानमा दुई संस्करणको जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरिएको छ ।

जिल्लामा खेलका लागि मैदानलगायत संरचनाको भने अभाव छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार