काठमाण्डौंः अस्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली समुदायको क्लब यती एफसीको अध्यक्षमा कर्ण राना चयन भएका छन् ।
मेलबर्नमा भएको साधारणसभाबाट कर्ण रानाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति निर्विरोध चयन गरिएको यती एफसीले विज्ञप्ति मार्फत जनाएको छ ।
दुई उपाध्यक्षमा सज्जन शर्मा र अनामिका राई गुरुङ तथा कोषाध्यक्षमा विपस्ना लामा, सचिवमा रुक्सन राई र सहसचिवमा भरत राना निर्वाचित भएका छन् ।
सदस्यहरुमा इन्द्र गुरुङ, विषन गुरुङ, सुरुची श्रेष्ठ,लक्ष्मी गुरुङ र मोनिका महर्जन निर्वाचित भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया