मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दै

मुल्तानमा घरेलु टोलीविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : पाकिस्तान र श्रीलंकाको सहआयोजनामा बुधबारदेखि श्रीलंकामा एसिया कप क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा बुधबार नेपालले पाकिस्तानको सामना गर्दैछ । मुल्तानमा घरेलु टोलीविरुद्धको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा हुनेछ ।

उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपालको दोस्रो खेल भारतविरुद्ध रहेको छ । नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको क्यान्डिमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा शुरु हुनेछ । नेपालको दुबै खेल डे नाइट हुनेछ ।

श्रीलंकाले एक वर्षअघि टी–२० ढाँचामा खेल जितेको थियो । यस वर्ष एसिया कप ५० ओभरमा हुनेछ । भारतमा आगामी अक्टोबरमा हुने विश्वकप प्रतियोगिता अगाडि एसियाका दिग्गज खेलाडी एकअर्काको नाडीछाम्न कोलम्बोमा भिड्दै छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेप्टेम्बर १७ मा कोलम्बोमा हुने फाइनल स्पर्धा गर्नेछन् भने  शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।

समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।  भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको कारण हाइब्रिड मोडलमा सहमति भएपछि शीर्ष स्थानमा रहेको छ । गत साता भएको सिरिजमा अफगानिस्तानलाई ३–० ले हराएर विश्व नम्बर एक बनेको पाकिस्तान श्रीलंकामा  फाइनलसहित बाँकी नौ खेल खेल्नेछ ।

एक दिवसीय वरियतामा पहिलो नम्बरमा रहेको पाकिस्तान बबर आजमको कप्तानीमा मैदानमा उत्रने छ । दुई पटक एसिया कप उपाधि उचालेको पाकिस्तानी टिममा तीव्र गतिका बलर सहीन शाह अफ्रिदी र नामुद विकेटकिपर मोहम्मद रिजवानलगायत छन् ।

क्रिकेटको पावरहाउस भारत सबैभन्दा धेरै एसिया कप जितेको छ ।  आठौं उपाधिको लागि एकदिवसीय वरीयतामा तेस्रो स्थानमा रहेको भारतलाई कप्तान रोहित शर्मालेपुनः जितको स्वाद चखाउने प्रयास गर्नेछन् । उनलाई विराट कोहलीजस्ता सिपालु ब्याट्सम्यान, अलराउन्डर हार्दिक पाण्ड्या, द्रुत गतिका बलर जसप्रित बुमराह लगायतको साथ रहने छ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा पहिलोपटक एसिया कप खेल्न ब्याट्सम्यान आरिफ शेख, लेग स्पिनर सन्दीप लामिछाने र विकेटकिपर आसिफ शेखलगायत खेलाडीहरुले एक साता अघि नै पाकिस्तान पुगेर अभ्यास गरेका थिए । एक दिवसीय वरियतामा १५औं स्थानमा रहेको नेपाल यो वर्षको प्रारम्भमा विश्वकप छनोटमा पुगेर ५० ओभरको खेलमा पराजित भएको थियो ।

समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । बंगलादेश एक दिवसीय वरीयतामा सातौं, श्रीलंका आठौं र अफगानिस्तान नवौं स्थानमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार