असार २९, २०८२ आइतबार July 13, 2025

अमेरिकी आन्दोलनप्रति मसालको समर्थन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले अमेरिकामा भइरहेको अश्वेत जातिको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।

नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहले बुधबार प्रेस वक्तव्य जारी गरी अमेरिकी आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् ।

वक्तव्यमा भनिएको छ, ‘ने.क.पा. (मसाल) ले अमेरिकाको जातिवाद र त्यसका विरुद्ध उठेको न्यायपूर्ण आन्दोलनमाथि ट्रम्प शासनको दमनको भत्र्सना गर्दै अमेरिकी जनताको जातिवादका विरुद्धको न्यायपूर्ण आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ ।’

यस्तो छ नेकपा मसालको विज्ञप्तीः

नेपाल कम्युनिस्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
वक्तव्य

अमेरिकामा एकजना अश्वेत जातिका व्यक्तिको हत्यापछि बढेको आन्दोलनप्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ ।

अमेरिका लामो समयदेखि जातिवादद्वारा ग्रस्त छ र त्यहाँ अश्वेत जातिका विरुद्ध गोरा जातिद्वारा चरम प्रकारको भेदभाव गर्ने गरिन्छ । त्यही प्रकारको जातीय द्वेष वा भेदभावको एउटा ताजा उदाहरण एउटा पुलिसद्वारा एकजना अश्वेत जातिका व्यक्तिको हत्या हो ।

त्योभन्दा गम्भीर कुरा यो हो कि अमेरिकामा जातीय भेदभावका विरुद्ध उठेको आन्दोलनलाई ट्रम्प शासनले दमन गर्ने नीति अपनाएको छ । आन्दोलनले व्यापक रूप लिदै गएपछि अब राष्ट्रपति ट्रम्पले सेनाको प्रयोग गरेर जनताको आन्दोलनलाई दवाउने धम्की दिएका छन् । तर त्यसप्रकारको दमनद्वारा अमेरिकी जनताको न्यायपूर्ण आन्दोलन दब्ने छैन भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

अन्तमा ने.क.पा. (मसाल)ले अमेरिकाको जातिवाद र त्यसका विरुद्ध उठेको न्यायपूर्ण आन्दोलनमाथि ट्रम्प शासनको दमनको भत्र्सना गर्दै अमेरिकी जनताको जातिवादका विरुद्धको न्यायपूर्ण आन्दोलनसित ऐक्यवद्धता प्रकट गर्दछ ।

२०७७ जेष्ठ २१ गते

मोहनविक्रम सिंह
महामन्त्री

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया