काठमाडौंः एसिया कप क्रिकेटमा आज समूह बी का घरेलु टोली श्रीलंका र बंगलादेश खेल्दैछन् ।
यो खेल दिउँसो सवा ३ बजे श्रीलंकाको पाल्लिकेमा सुरु हुनेछ । अहिलेसम्म श्रीलंकाले ६ पटक एसिया कपको उपाधि जितेको छ भने बंगलादेश ३ पटकसम्म फाइनलमा पुग्न मात्रै सफल भएको छ ।
श्रीलंका र बंगलादेश दुवै टोलीमा खेलाडी घाइतेले समस्या निम्ताएको छ । बुधबार भएको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई २ सय ३८ रनले हराएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया