काठमाडौँ : एशिया कप क्रिकेटमा भारतले पाकिस्तानसामु जितका लागि २६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाका पल्ले–केले अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ पहिले थालेको भारत ४८ दशमलब ५ ओभरमा अलआउट हुँदै २६६ रनमा समेटियो। भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ८७ तथा ईसन किसनले ८२ रनको योगदान गरे।

कुनै समय निकै धराशायी बनेको भारतको ब्याटिङ लाइन यी दुबै मिलेर उकासेका हुन्। कप्तान रोहित शर्मा ११, विराट कोहली ४ तथा श्रेयस अय्यर १४ रन बनाएर आउट हुँदा सुभमान गिल १० रनमा हारिस रउफको बलमा बोल्ड आउट हुन पुगे। बलिङतर्फ शाहिन अफ्रिदीले सर्वाधिक चार विकेट लिए।
हारिस रउफ र नसिम शाहले समान तीन तीन विकेट हात पारे। भारत आज पाकिस्तानलाई हराउँदै सुखतद सुरुवात गर्न चाहन्छ। पहिलो खेलमा नेपालमाथि सनसनीपूर्ण जित निकालेको पाकिस्तान दोस्रो जित निकाल्दै सुपर ४ मा पुग्न चाहन्छ। वर्षाका कारण पाकिस्तान र भारतबीचको खेल अहिले पनि रोकिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया