मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

वैशाख १५ गतेदेखि थाक खेलकुद प्रतियोगिता

असोज महिनामा सञ्चालन हुँदै आइरहेको प्रतियोगितालाई वैशाख महिनामा सार्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः थाक खेलकुद प्रतियोगिता वैशाख १५ गतेदेखि सञ्चालन हुने भएको छ।

थाक खेलकुद तथा सांस्कृतिक विकास संघले मुस्ताङको मोफसलका रुपमा सञ्चालन गर्दै आइरहेको प्रतियोगिता वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो।

शनिबार थासाङको कावाङमा सम्पन्न संघको संयुक्त बैठकले बर्सेनि असोज महिनामा सञ्चालन हुँदै आइरहेको प्रतियोगितालाई वैशाख महिनामा सार्ने निर्णय गरेको हो।

अब हुने थाक खेलकुद प्रतियोगितामा पुरुष भलिबलको च्याम्पियनले नगद एक लाख एक हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद ६५ हजार एक सयसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्।

यसैगरी तारा खेलको च्याम्पियनले नगद ३० हजार र उपविजेता टोलीले २० हजारसहित शिल्ड,मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्। दुवै इभेन्टका सर्वोत्कृष्ट खेलाडीले नगद तीन/तीन हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार