मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एशियाली शारीरिक सुगठनमा २३६ खेलाडीले प्रतिस्पर्धा गर्ने

याक एण्ड यती होटलको रिगल बाल रुममा हुने च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः एशियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको ब्यवस्थापनमा काठमाण्डौमा हुने ५५ औं एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा १७ राष्ट्रका २३६ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा १६८ पुरुष र ६८ महिला गरि २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङ्गकङ्ग चाईना, भारत, काजाखस्तान, मकाउ चाईना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।

दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा हुने च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स १ गरि ४५ विधामा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धा गर्ने सवै देशका खेलाडी, अफिसियल र डेलिगेट्सहरु नेपाल आईसकेका छन् ।

आज शनिबार च्याम्पियनसिपको दोश्रो दिन मेनेजर्स मिटिङ्ग, निर्णायक मिटिङ्ग, डोपिङ्ग सेमिनार तथा एशियाली कंग्रेसको आयोजना भएको छ । यस्तै भोली तेश्रो दिन १७ गते खेलाडीहरुको तौल तथा हाईट मेजरमेन्ट र उमेर समूहको जाँच गर्ने कार्य हुनेछ ।

चौथो दिन १८ गते प्रतियोगिताको उद्घाटनका साथै १६ वटा विधामा प्रतिस्पर्धा हुने छ । जसमा पहिलो दिन नेपाली १४ खेलाडीहरुले ८ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै १९ गते २० वटा विधामा प्रतिस्पर्धा हुने र २४ नेपाली खेलाडीहरुले १७ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । २० गते ९ वटा विधामा प्रतिस्पर्धा हुने र ५ जना नेपाली खेलाडीहरुले ४ वटा समूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रत्येक दिनको खेल पश्चात नतिजा प्रकाशन हुने छ । प्रतियोगिताको अन्तिम दिन शारीरिक सुगठन तर्फको ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९०, १०० र ११० केजी गरि १० समूहका प्रथम स्थान प्राप्त गर्ने खेलाडीहरुविच प्रतिस्पर्धा गराई सर्वोत्कृष्ट हुने खेलाडीलाई मि. एशिया २०२३ घोषित गरिनुका साथै ट्रफी प्रदान गरिने छ । यस्तै सम्पूर्ण प्रतिस्पर्धाबाट मेडलका आधारमा शिर्ष तीन स्थान प्राप्त गर्ने ३ देशलाई च्याम्पियनसिपको प्रथम, द्वितीय र तृतीय घोषित गरिने छ ।

मनकामना केवल कारको प्रमुख प्रायोजनमा हुने प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, नेपाल टुरिजम बोर्ड, एभरेष्ट बैंक, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, केटिएम सिटी, सिद्धार्थ प्रिमियम इन्सुरेन्स, सरगमाथा लुम्बिनी इन्सुरेन्स, शिखर इन्सुरेन्स, सिएफएस रेमिट आदिको विशेष सहयोग रहने आयोजकले जनाएका छन् ।

प्रतियोगिताको आधिकारीक होटलमा याक एण्ड यती र र्‍याडिसन होटल रहेको छ भने प्रतियोगिताको काष्टमण्डप टेलिभिजन र मेरो फिटनेशले फेसबुक लाईभ गर्नेछन् । प्रतियोगिताको इभेन्ट म्यानेजमेन्टमा फुनोलोजिक सोलुसन रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार