काठमाडौं : एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ।
श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्द भएको हो। दुवै टोलीले १-१ अंक बाँडेका छन्।
टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो। तर, पाकिस्तानले ब्याटिङ गर्न पाएन।
पाकिस्तान समूह ए बाट ३ अंकसहित सुपर फोरमा पुगेको छ। पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो।
सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया