काठमाडौं : आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज भुटासँग खेल्दैछ।
नेपाल र भुटानको खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ। मलेसियाको युकेएम ओभलमा हुने खेलमा नेपाल अपराजित रहन चाहन्छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ रनले र दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो।
नेपालले भोलि कतार र बुधबार यूएईसँग खेल्नेछ। ११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन्
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया