मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एसिया कप क्रिकेट : नेपालले भारतसँग खेल्दै

नेपाल र भारतबीचको खेल श्रीलंकाको पाल्लिकेमा दिउँसो सवा ३ बजे सुरु हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । नेपाल र भारतबीचको खेल श्रीलंकाको पाल्लिकेमा दिउँसो सवा ३ बजे सुरु हुँदैछ । नेपाली  क्रिकेटको सिनियर टोलीले पहिलोपटक भारतको सिनियर टोलीसँग एकदिवसीय खेल्न लागेको हो ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले हराएको थियो । भारत भने पाकिस्तानसँगको खेलमा १ अंक लिन सफल भयो । भारत र पाकिस्ताबीचको खेल वर्षाका कारण रद्द भएको थियो ।

आजको खेलमा नेपाल भन्दा भारत धेरै दबाबमा हुनेछ । किनकी नेपालले एसिया कपलाई आफ्नो उपाधि दाबेदारीको विषय बनाएको छैन् । तर भारत भने अहिलेसम्म ७ पटक उपाधि जितेको टोली हो र उसले उपाधिको दाबी गरिरहेको छ ।

आजको खेलमा नेपाल विजयी भएमा भारत बाहिरिनेछ । तर खेल रद्द भएर १ अंक पाएमा वा विजयी भएमा भने भारत नै अघिल्लो चरणमा पुग्नेछ । भारतका बल जसप्रित बुमराहले आजको खेल गुमाउने भएकाले पनि भारतले दबाब अनुभव गरिरहेको छ ।

नेपाली राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक मोन्टी देशाइले पनि नेपाल कुनै पनि दबाबमा नरहेको बताइसकेका छन् । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार