मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एसिया कप क्रिकेट : बंगलादेशद्वारा अफगानिस्तान ८९ रनले पराजित

श्रीलंका र बंगलादेशले एक एक खेल जितेर २–२ अंक बटुलेका छन् तर अफगानिस्तानले अब श्रीलंकासँग खेल्न बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानको लाहोरमा गएराति सम्पन्न खेलमा बंगलादेशका दुई खेलाडीको शतक मद्दतले अफगानिस्तानलाई ८९ रनले पराजित गरेको छ ।

यो जितसँगै बंगलादेश, श्रीलंका र अफगानिस्तानबीचको अंक तालिका थप रोमाञ्चक बनेको छ । दोस्रो राउन्डमा छनौट हुने सम्भावना तीनै टिमबीच उस्तै छ । यद्यपि श्रीलंका र बंगलादेशले एक एक खेल जितेर २–२ अंक बटुलेका छन् तर अफगानिस्तानले अब श्रीलंकासँग खेल्न बाँकी छ ।

आइतबारको दिवारात्रि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले मेहदी हसनको ११२ रन तथा नजमुल हुसेन शान्टोको १०४ रनको मद्दतले ३३४ रन बनाएको थियो । बंगलादेशको इनिङमा मोहम्मद नइमले २८, कप्तान शाकिब अल हसनले ३२ तथा मुस्फिकर रहिमले २५ रनको योगदान गरेका थिए ।

जितका लागि ३३५ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले नियमित अन्तरालमा विकेट गुमाएको थियो । दबाबमा परेको अफगानिस्तानले ४४.३ ओभरमा सबै विकेट गुमाएर २४५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जाड्रानले सर्वाधिक ७५ रनको योगदान गरेका थिए । त्यस्तै कप्तान हस्मातुल्लाह शाहिदीले ५१, अन्त्यतिर मैदान प्रवेश गरेका रसिद खानले २४ रन बनाएका थिए ।

बंगलादेशका लागि तास्किन अहमदले ४, शोरिफुल इस्लामले ३, हसन महमुद र मेहदी हसनले १–१ विकेट लिएका थिए ।

समूह बी को अंक तालिका

१. श्रीलंका – १ खेल – १ जित – २ अंक
२. बंगलादेश – २ खेल – १ जित १ हार – २ अंक
३. अफगानिस्तान – १ खेल – १ हार – ० अंक

आजको खेल
नेपाल र भारत (समय अपराह्न ३.१५ बजे)
स्थान: श्रीलंका (पालिकेल्ले रंगशाला)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार