मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

जिल्ला स्तरीय स्कुल तथा खुला टेबल टेनिस प्रतियोगिता हुने

खुला तथा विद्यालयका गरी तीन सय भन्दाबढी खेलाडीको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः रुपन्देहीको बुटवलमा प्रथम कृष्ण जन्माष्टमी जिल्ला स्तरीय स्कुल तथा खुला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । बुटवल टेबल टेनिस क्लबको आयोजनामा बुटवल ११ ओलीपथ स्थित कभर्डहलमा भदौ १९ र २० गते प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता बारे जानकारी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा  क्लबका अध्यक्ष धिरेन्द्र तुलाधरले खुला तथा विद्यालयका गरी तीन सय भन्दाबढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।

विभिन्न ११ विधामा हुने प्रतियोगितामा डबल्स तथा सिंगल्स प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा खुलातर्फ विजेताले नगद ५ हजार राशिसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता र तृतीय हुनेले क्रमशः तीन हजार र दुई हजार रुपियाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नवीन शाक्यले जानकारी दिनुभयो ।

विद्यालय स्तरका प्रतिस्पर्धामा पनि विजेता तथा उप विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । रुपन्देहीमा दुई दर्जन बढी राष्ट्रिय स्तरका टेबलटेनिस खेलाडी रहेका छन् भने विभागीय टिममा सहभागी भई अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार