काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यावस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको जिम्मेवारी हेरफेर गरेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिएका छन ।
उनका अनुसार डा. दीपेन्द्ररमण सिंहलाई विभागको नयाँ महानिर्देशकको जिम्मेवारी दिइएको छ । व्यावस्थापन महाशाखाको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको छ । मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेको छ । उनको ठाउँमा डा. संगीता कौशललाई लगिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया