काठमाण्डाैंः प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी केन्द्रीय सदस्य उमा भुजेललाई बिहीवार जिप्रका ललितपुरले पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट पाँच हजार रुपैयाँ धरौटी तिरेर रिहा भएलगत्तै जिप्रका ललितपुरको टोलीले पक्राउ गरेको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा खेपी गोरखाबाट रिहा हुनेबित्तिकै उनलाई सोही मुद्दामा जिप्रका ललितपुरको पक्राउ पुर्जी थमाइएको थियो । गत पुस १२ गते सुनसरी जिल्लाबाट पक्राउ परेकी उनलाई यसैगरी झापा, धनुषा, कैलाली जिल्ला हुँदै बुधबार गोरखा पुराइएको थियो ।
उनी राजनीतिक गतिविधिमा प्रतिबन्धित विप्लव समूहको मेची-कोशी ब्यूरो प्रमुख तथा पोलिटव्यूरो सदस्य हुन् । १० वर्षे सशस्त्र विद्रोहका बेला २०५७ सालको चैत १७ गते उनको नेतृत्वमा ६ जना महिलाहरुले गोरखा जेल ब्रेक गरेर फरार भएका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया