श्रावण १, २०८२ बिहिबार July 17, 2025

यादवमाथिको आक्रमण र बालिका निधनबारे जानकारी गराउन सभामुखको निर्देशन

आकस्मिक, शून्य र विशेष समयमा विभिन्न पार्टीका सांसद्ले घटनाको निन्दा गर्दै घटनाको छानबिन गर्न माग गरेपछि सभामुखले निर्देशन दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा उपचार अभावमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको निधनबारे सदनलाई जानकारी दिन नेपाल सरकारलाई निर्देश (रुलिङ) गर्नुभएको छ ।

आजको बैठकको आकस्मिक, शून्य र विशेष समयमा विभिन्न पार्टीका सांसद्ले घटनाको निन्दा गर्दै घटनाको छानबिन गर्न माग गरेपछि सभामुखले उक्त निर्देशन गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया