मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचकाे एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि

भारतसँग सेप्टेम्बर २२, २४ र २७ तारिखमा खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ ।

पहिलो खेल ब्लोमफोंटेनमा नेपाली समय अनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ । यी दुई देशबीच पाँच खेलको एकदिवसीय शृङ्खला हुन लागेको हो ।

दोस्रो खेल पर्सि ९ तारिखमा, तेस्रो खेल १२ तारिखमा, चौथो खेल १५ तारिखमा र पाँचौँ तथा अन्तिम खेल १७ तारिखमा हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली अस्ट्रेलियाले क्लिन स्वीप गरेको थियो ।

अस्ट्रेलियाले विश्वकप अघि दक्षिण अफ्रिकासँग पाँच र भारतसँग तीन एकदिवसीय खेलको शृङ्खला खेल्न लागेको हो । भारतसँग सेप्टेम्बर २२, २४ र २७ तारिखमा खेल हुनेछ । एकदिवसीय विश्वकपका लागि घरेलु टोली भारतले रोहित शर्माको कप्तानीमा टोली घोषणा गरेको छ भने दक्षिण अफ्रिकाको कप्तानी टेम्बा बभुमा र अस्ट्रेलियाकाे कप्तानी प्याट कमिन्सले गर्नेछन् ।

एकदिवसीय विश्वकप अक्टोबर/नोभेम्बरमा भारतमा हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार