काठमाडौंः आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ ।
मलेसियामा थाइल्याण्डले दिएको १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल ५९ रन बनाउँदा अलआउट भयो । नेपालका लागि कविता कुवँरले सर्वाधिक १७ रन बनाइन ।
त्यसअघि पहिले ब्याटिङ गरेको थाइल्याण्डले २ विकेट गुमाएर १ सय ५ रन बनायो । उसका लागि नन्पात कोन्चारोनकेइले सर्वाधिक ५९ रन बनाइन । नेपालकी पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए ।
आज थाइल्याण्डसँग पराजित भएसँगै नेपाल फाइनलमा पुग्न र ग्लोबल क्वालिफायर खेल्न असफल भएको छ ।
समूह चरणको अन्तिम खेलमा थाइल्यान्डले हङकङलाई ४३ रनले हराउँदै समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल खेलेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया