मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेदरल्यान्ड्सले ग्रिसलाई ३-० गोलको फराकिलो अन्तरले हरायो

युरो कप फुटबल छनोट प्रतियोगितामा फ्रान्स हालसम्म अपरजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः आगामी युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा शुक्रबार नेदरल्यान्ड्सले ग्रिसलाई ३-० गोलको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेदरल्यान्ड्सले आगामी युरो कपमा छनोट हुने सम्भावना पनि बलियो बनाएको छ ।

खेलको प्रारम्भदेखि नै नेदरल्यान्ड्सले ग्रिसलाई दबाबमा राखेको थियो । नेदरल्यान्ड्सले तीनवटै गोल खेलको पहिलो हाफमै गरेको थियो । खेल सुरु भएको १७औं मिनेटमै नेदरल्यान्ड्सका लागि मार्टिन डे रुनले पहिलो गोल गरेका थिए । खेलको ३१ औं मिनेटमा नेदरल्यान्ड्सले अग्रता दोब्बर बनाएको थियो । नेदरल्यान्ड्सका लागि दोस्रो गोल कोडी गाक्पोले गरेका थिए । खेलको ३९ औं मिनेटमा वट वेघोस्र्टले नेदरल्यान्ड्सलाई ३—० गोलले गोलले अगाडि बढाएका थिए ।

समूह ‘बी’ मा फ्रान्स पाँच खेलबाट १५ अंक जोडड्दै तालिकाको पहिलो स्थानमा छ । छनोट प्रतियोगितामा फ्रान्स हालसम्म अपरजित छ । तीन खेल खेलेको नेदरल्यान्ड्स भने ६ अंकसहित दोस्रो स्थानमा आसिन छ । नेदरल्यान्ड्सले दुई जित र एक हारको नतिजा निकालेको छ ।

यसैगरी चार खेलबाट ६ अंक जोडेको ग्रिस तेस्रो स्थानमा छन् । चार खेल खेलेको आयरल्यान्ड भने तीन अंकसहित तालिकाको चौथो स्थानमा छ । चार खेल खेलेको जिब्राल्टरले एक खेल पनि जित्न सकेको छैन । सन् २०२४ को युरो कप फुटबल प्रतियोगिता जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार