असार २८, २०८२ शनिबार July 12, 2025

बाँदरमुढे घटनाकाे १५ वर्ष पूरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । चितवनको माडी बाँदरमुढेमा ३८ जनाको ज्यान जाने गरी भएको बम बिस्फोट घटनाको १५ वर्ष पूरा भएको छ ।

तत्कालीन माओवादीको सशस्त्र युद्धको क्रममा २०६२ जेठ २३ गते बिहान यात्रु बसमा माओवादीले बम बिस्फोट गराएका थिए । सो घटनामा ३८ जनाको ज्यान गएको थियो भने अरु ७२ जना घाइते भएका थिए ।

आफन्त गुमाएका तथा घाइतेहरुले शुक्रबार घटनाको सम्झनामा विशेष श्रद्धाञ्जली तथा स्मृति सभा गरेका छन् । बाँदरमुढे बम बिस्फोटका पीडितको स्मृतिमा त्यहाँ स्मारक बनाइएको छ । सोही स्मारकमा शुक्रबार बाँदरमुढे घटना पीडित समितिले श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।

घटनाको १५ वर्ष पुग्दा पनि न्याय नपाएको र पीडितको अवस्था दयनीय रहेको समितिका उपाध्यक्ष तथा सो घटनामा घाइते भएका कृष्ण अधिकारीले बताएका छन् ।

बाँदरमुढे बम बिस्फोट तत्कालीन माओवादीले सशस्त्र युद्धका बेला भएको सबैभन्दा दुःखद घटना रहेको भन्दै माफी मागेको थियो ।

माडी पनि पर्ने चितवन क्षेत्र नम्बर ३ बाट तत्कालीन माओवादी र अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सांसदमा निर्वाचित भएका छन् । तर पनि उनले अझैसम्म पीडितलाई भेटेर माफी माग्ने भनि गरेको बाचा पूरा नभएको अधिकारीले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया