काठमाडौंः नेपाल र म्यानमारबीच दोस्रो मैत्रीपूर्ण फुटबल आज हुँदैछ । म्यानमारको यांगुनस्थित मैदानमा हुन लागेको खेल नेपाली समयअनुसार दिउसोको ४:१५ बजेबाट सुर हुनेछ ।
शुक्रबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो । उक्त खेलमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल जितबाट बन्चित भएको थियो ।
नेपालले म्यानमारसँग तीन खेल खेल खेल्दा दुई खेलमा हार बेहोरेको छ भने एक मा बराबरी भएको छ । आजको खेलमा नेपाल फिफा वरीयतामा १५ स्थान माथि रहेको म्यानमारलाई हराउदै आफ्नो पहिलो जित हात पार्न चाहन्छ ।
फिफा वरीयतामा म्यानमार हाल १६० औँ र नेपाल १७५ औँ स्थानमा छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया