मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आयोजक वडा २३ को विजयी सुुरुआत

विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा मङ्गलबार आयोजक वडा नं २३ ले विजयी सुरुआत गरेको छ ।

काठमाडौँ महानगरपालिकाका वडाहरुबीच लैनचौर फुटसल मैदानमा भइरहेको प्रतियोगिताको उद्घघाटन खेलमा वडा नं २३ ले काठमाडौँ महानगरपालिकालाई ५–३ गोलअन्तरले पराजित ग¥यो । विशाल श्रेष्ठको ह्याट्रिकको सहयोगमा वडा २३ को जित सम्भव भएको थियो । विजयी टिमका लागि सिरिस महर्जन र सुमिन मानन्धरले पनि गोल गरेका थिए । काठमाडौँ महानगरपालिकाका विनय शाक्य र गौरवले गोल फर्काएका थिए ।

पहिलो दिन भएको अन्य खेलमा वडा नं १४ ले वडा नं ३० लाई ३–१ र वडा नं २२ ले वडा नं १६ लाई ३–० ले हराए । वडा नं २२ का लागि सुशील खड्गीले ह्याट्रिक गरेका थिए । पहिलो दिन विजयी तीनै टिम प्रिक्वाटरफाइनलमा पुगेका छन् । बुधबार वडा नं ५ ले वडा २६, वडा २८ ले वडा २४, वडा २१ ले वडा १३ र वडा १२ ले वडा १८ सँग खेल्नेछन् ।

यसअघि काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रतियोगिताको उद्घघाटन गरेका थिए । असोज ३ गतेसम्म हुने सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहेको छ । नकआउटको आधारमा भइरहेको प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित दुई लाख रुपियाँ प्रदान गरिनेछ ।

उपविजेता टिमले एक लाख रुपियाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार