काठमाडौं : पाकिस्तानका तीव्र गतिका बलर नशीम शाहले एसिया कप २०२३ अन्तर्गतका बाँकी खेल गुमाउने भएका छ्न् । सुपर फोरको खेलमा भारतविरुद्धको खेलको अन्त्यतिर बलिङ गर्दा चोट लागेका शाहलाई टोलीबाट फिर्ता गरिएको हो भने उनको स्थानमा जमान खानलाई समावेश गरिएको छ ।

जमान पाकिस्तानी टोलीसँग जोडिइसकेका छन् र प्रशिक्षण सुरु गरिसकेका छन् । अहिलेको अवस्थामा पाकिस्तानले नशीमको चोटले विश्वकपका लागि उनको उपलब्धतालाई असर नगर्ने विश्वास गरेको छ ।
यता भारतविरुद्धको खेलको रिजर्भ डेमा बलिङ नगरेका अर्का बलर हरिस रउफ फिट हुने चरणमा रहेको पाकिस्तान क्रिकेट बोर्ड जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया