असार २४, २०८२ मंगलबार July 8, 2025

अख्तियारद्धारा सिँचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर आनन्दकुमार झा विरुद्ध मुद्धा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मोरङको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालयका प्रमुख इन्जिनियर आनन्दकुमार झाविरुद्ध घूस खाएको आरोपमा विशेष अदालतमा शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्रमाण नष्ट गर्न १० हजार घूस शौचालयमा फालेको आरोपमा उनी पक्राउ परेका थिए । उनले तटबन्धन बनाउन १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस लिन खोजेका थिए ।

कर्मचारीले नमागेको अवस्थामा नै जबर्जस्ती घर्रामा खाम राख्न खोजेपछि मन्त्रालयका कर्मचारीहरुले माथिल्लो तहका पदाधिकारीलाई खबर गरेका थिए । घटना जानकारी हुनासाथ झाले प्रमाण नष्ट गर्न उक्त रकम मन्त्रालयको शौचालयमा फाली फ्लस गर्न खाजेका थिए ।

यस्तो छ अख्तियारको प्रेश विज्ञप्ती

प्रेस विज्ञप्ति :- मिति २०७७।०२।२३ गते।

जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय मोरङका सि.डि.ई. आनन्द कुमार झाले नदी तटबन्धन नियन्त्रण सम्बन्धी कार्यको लागि थप बजेट निकासा गरिदिने प्रयोजनार्थ आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ विराटनगरमा कार्यरत कर्मचारीलाई रु. १०,०००।- (दस हजार) घुस/रिसवत दिने सम्बन्धी उजुरीका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले निज आनन्द कुमार झालाई नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा जलस्रोत तथा सिंचाई विकास डिभिजन मोरङ्गका डिभिजन प्रमुख सि.डि.ई. आनन्द कुमार झाले नदी तटबन्ध नियन्त्रण सम्बन्धी आयोजनाको थप बजेट निकासा गरिदिने प्रयोजनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नं. १ बजेट शाखामा कार्यरत कर्मचारीलाई प्रभावमा पारी नियमविपरीत काम गराउने मनसायले नियतवस घुस/रिसवत रकम दिनको लागि रु. १०,०००।– (दस हजार) खाममा हाली ल्याई कर्मचारीले नमागी निजको जानकारी वेगर जवरजस्ती घर्रामा राखी दिएकोमा कर्मचारीले उक्त घुस/रिसवत रकम स्वीकार नगरी सोको प्रतिकार गरी माथिल्लो पदाधिकारीलाई जानकारी गराएपछि उक्त घुस/रिसवत घटना सबैको जानकारीमा आएपश्चात निज आनन्द कुमार झाले आफ्नो बिरुद्धको प्रमाण नष्ट गर्ने उद्देश्यले उक्त रकम आफैले लगेर मन्त्रालयमा रहेको शौचालयमा फल्स गरी नष्ट गरी दिएको पुष्टि भएको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) को कसुर भएकोले निज आनन्द कुमार झालाई बिगो रु. १०,०००।– (दस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया