असोज १४, २०८० आइतबार October 1, 2023

अमेरिका उड्नुअघि प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति पौडेलसँग भेटवार्ता

अमेरिका भ्रमणका बारे राष्ट्रपतिलाई गराए प्रधानमन्त्रीले जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् ।

संयुक्त राष्ट्र संघीय सभालाई सम्बोधन गर्न आज अमेरिका जानु अघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेटन शितल निवास पुगेका हुन् ।

सो भेटघाटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। साथै, सो भेटघाटमा समसामयिक राजनीतिक बिषय पनि छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट न्युयोर्क, अमेरिका प्रस्थान गर्दैछन् । आगमी १८ देखि २६ सेप्टेम्बरसम्म न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।

नेपालका प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यस पछि उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया