मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

दोस्रो मुस्ताङ गल्फ च्यालेन्जको उपाधी डिफेण्डिङ च्याम्पियन श्याम तामाङले जिते

श्यामले जिते दोस्रो मुस्ताङ गल्फ च्यालेञ्जको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दोस्रो मुस्ताङ गल्फ च्यालेन्जको उपाधी डिफेण्डिङ च्याम्पियन श्याम तामाङले जितेका छन् । ९ होल ३६ पारमा भएको खेल श्यामले एक अण्डर १९ अंकका साथ उपाधि जितेका हुन् ।

सर्वाधिक उचाई ४६४५ मिटरमा शनिबार भएको खेलमा पोखरेली गल्फर लिलाजंग गुरुङ दोस्रो भएका छन् । उनले लेवलपार १८ अंक जोडे ।

प्रतियोगितामा महिलातर्फ पोखरकै जुनी गुरुङ विजयी भएकी छिन् । उनले १५ स्कोर गर्दा काठमाडौंकी गल्फर सुस्मा सिंह १३ अंकका साथ दोस्रो भइन् । रविन राना ग्रस च्याम्पियन भएका छन् । समान अंक जोडेका याम राना र पीवी राईलाई ब्याक काउण्टमा रवीनले हराएका हुन् । तीनैजनाले ११ अंक जोडेकोमा अन्तिम होलमा रविनले २ अंक जोडेपछि उपाधीको छिनोफानो भएको हो ।

सर्वाधिक बर्डीजको उपाधि आत्मराम सिंखडाले जिते भने लंगेष्ट ड्राइभ माधव सिंखडाले हिर्काए । सिनियर तर्फको पुरस्कार भने पोखराका बलराम थापाले पाए । ६१ वर्षका थापाले १६ स्कोर गरेका थिए । उनी गतवर्षको उपविजेता हुन् ।

४ हजार ६ सय ४५ मिटरको उचाईको कोर्षमा भएको प्रतिस्पर्धामा तामाङले ९ होलमा १९ स्कोर बनाए । उनले एक अण्डर खेल्दै उपाधि उचाल्दा पोखराका लिलाजंग भने १८ अंकसहित दोस्रो स्थानमा चित्त बुझाए । लिलाजंगले लेभलपार १८ को स्कोर बनाएका थिए ।

२४ पुरुष गल्फर सहभागिता रहेको प्रतिस्पर्धाको ग्रस तर्फ रविन राना च्याम्पियन बने । उनले पोखराका याम रानालाई पछाडि पारे ।
क्लोजेष्ट टु दी पीन मेजर विजय लामाले पाए । होल इन वान कसैले पनि जित्न सकेन । होल इन वानका लागि घोडा र ५० कार्टुन स्याउ पुरस्कार राखिएको थियो ।

२४ पुरुष र ४ महिला गरी २८ गल्फर सहभागी खेल स्टेवल फोर्ड फम्र्याटमा खेलाइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार