काठमाण्डौंः म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमै ब्राइटनसँग ३-१ ले पराजित भएको छ। युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा पराजित भएको १३ महिनापछि यो पहिलो पटक हो।
खेलमा ब्राइटनले पहिलो हाफमा ड्यानी वेलबेकको गोलमार्फत अग्रता बनाउँदा दोस्रो हाफमा थप दुई गोल गर्दै ३-० को अग्रता कायम गरेको थियो। खेलको ७३ औं मिनेटमा मेज्ब्रीले युनाइटेडका लागि एक गोल फर्काए पनि सान्त्वना मात्र साबित भयो।
हाल खराब फर्ममा रहेको युनाइटेडले पछिल्लो ४ खेलमा १० गोल खाइसकेको छ। लिगमा यो तेस्रो हारपछि ५ खेलमा ६ अंकका साथ युनाइटेड १३ औं स्थानमा छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया