असोज १४, २०८० आइतबार October 1, 2023

इङ्लिस प्रिमियर लिग : टोटेनह्यामसँग सेफिल्ड युनाइटेड पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै : इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपरले  सेफिल्ड युनाइटेडलाई पराजित गरेकाे छ । खेलको ९८औँ मिनेटसम्म १–० ले पछि रहेको स्थितिलाई उल्टाउँदै घरेलु मैदानमा टोटेनह्यामले २–१ को जित निकालेको हो ।

थप गरिएको १२ मिनेट समयको नवौँ मिनेटमा रिचार्लिसनले इभान पेरिसिचको कर्नरमा हेडरमार्फत् गोल गरे । त्यसको दुई मिनेटपछि उनकै पासमा डेजान कुलुसेभ्सकीले गोल गर्दै टोटेनह्यामलाई लगातार जित दिलाए ।

यो जितसँगै ५ खेलमा चारमा जित र एकमा बराबरीसहित टोटेनह्याम १३ अङ्क जोडेर दोस्रो स्थानमा छ । सेफिल्ड भने ५ खेलमा १ अङ्ककासाथ १७औँ स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया