असोज ६, २०८० शनिबार September 23, 2023

एसिया कप क्रिकेटको उपाधि भारतको पोल्टामा

श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै भारत बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ। श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो। यो भारतको आठौं एसिया कप उपाधि हो।

श्रीलंकाको कोलम्बोमा आइतबार ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर १ बलमा पूरा गर्‍यो। भारतको लागि ओपनरद्धय शुभम गिलले २७ र इशान किशनले २३ रन बनाए।

पहिले ब्याटिङ गरेको श्रीलंका भारतसँग निरीह बन्यो र १५.२ ओभरमै अलआउट भयो । श्रीलंकाका कुसल मेन्डिसले सर्वाधिक १७ रन बनाए । दुशन हेमन्था १३ रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

Asia Cup 2023: A look back at India's all 7 title wins ahead of Sri Lanka  final | Cricket - Hindustan Times

सिराजले ६ विकेट लिए । सात ओभर बलिङ गरेका उनले २१ रन मात्रै दिएका थिए । सिराजले तेस्रो ओभरमा लगालग ४ विकेट लिएका थिए । हार्दिक पान्ड्याले ३ र जस्प्रित बुमराहले १ विकेट लिए। यो श्रीलंकाको अहिलेसम्मकै कम स्कोर हो।

भारतका गिल ३०२ रनसहित एसिया कपमा सबैभन्दा बढि रन बनाउने खेलाडी बने । श्रीलंकाका मथिशा पथिराना ११ विकेटसँगै प्रमुख विकेटकिपर घोषित भए।

यसपटकको एसिया कप पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको थियो। जसमा नेपालले पनि सहभागिता जनाएको थियो । समूह ‘ए’ मा भएको नेपालले पाकिस्तानसँग २ सय ३८ रन र भारतसँग १० विकेटले पराजय हुँदा समूह चरणबाटै बाहिरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया