असोज १४, २०८० आइतबार October 1, 2023

इंग्लिस प्रिमियर लिगः आर्सनलद्वारा एभर्टन पराजित

आर्सनल ५ खेलमा १३ अंक जोडेर तालिकाको चौंथो स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले एभर्टनलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल लिन्ड्रो ट्रोसार्डले गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले खेलको ६९ औं मिनेटमा गोल गरेका हुन् ।

पहिलो हाफमा आर्सनलका गाव्रियल मार्टीनेलीले चोट बोकेपछि उनको स्थानमा ट्रोसार्ड मैदान छिरेका थिए ।

यो जितसँगै आर्सनल ५ खेलमा १३ अंक जोडेर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । यता, एभर्टन समान खेलमा १ अंकसहित १८ औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया