असोज १३, २०८० शनिबार September 30, 2023

स्पेनिस ला लिगाः रियल मड्रिडको लगातार पाँचौँ जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले लगातार पाँचौँ जित हात पारेको छ ।

आइतबार राति रियल सोसाइडाडलाई २-१ गोलअन्तरले पराजित गर्दै रियल मड्रिडले शतप्रतिशत नजिता निकालेको हो ।

यससँगै रियल मड्रिड १५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना भने दोस्रो स्थानमा झरेको छ । ५ खेलबाट ६ अंक जोडेको सोसाइडाड भने ११ औँ स्थानमा झरेको छ ।

आइतबार राति रियल मड्रिडलाई जित दिलाउन फेडेरिको भालभेर्डे र जोसेलुले एक-एक गोल गरे । सोसाइडाडका लागि आन्दर बारेनेटेक्सियाले एक गोल फर्काए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया