असोज ६, २०८० शनिबार September 23, 2023

संविधान दिवसमा राष्ट्रपतिबाट पाए ६७० जनाले कैद सजाय माफी मिनाहा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संविधान दिवसको अवसर पारेर ६७० जनाले कैद माफी पाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस अनुसार माफी दिएका हुन्।

उनीहरुको माफी संविधान दिवस असोज ३ गते देखि लागू हुने राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिले ६७० जनाको कैद माफी मिनाहा गरेका उनीहरु ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिकलाई कैद सजाय माफी मिनाहा दिएको दाबी गरिएको छ।

सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना गरी ६७० जना रहेका छन्।

379283230_1061406018349971_333831388429332382_n1695130045.jpg

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया