असोज ६, २०८० शनिबार September 23, 2023

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजः हङकङविरुद्ध मलेसिया १०२ रनले विजयी

जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले १९ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र जोड्न सक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा मलेसियाले हङकङमाथि शानदार जित हात पारेको छ ।

मलेसियाको क्वालालम्पुरमा मंगलबार भएको पहिलो खेलमा मलेसियाले हङकङलाई १ सय २ रनले पराजित गरेको हो । जितका लागि १ सय ८२ रनको विशाल लक्ष्य पछ्याएको हङकङले १९ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र जोड्न सक्यो ।

हङकङका लागि बाबर हायातले सर्वाधिक २२ रन बनाए । मलेसियाका विरणदिप सिंहले सर्वाधिक ४ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनायो । मलेसियाका लागि सयद अजिजले ३४ बलमा ४ चौका र ६ छक्काको मदतमा ६५ रन बनाए । विरणदिप सिंहले ४७ रनको योगदान गरे ।

हङकङका लागि मोहम्मद घजनफारले सर्वाधिक ३ विकेट हात पारे । मलेसियाले दोस्रो खेल पीएनजीविरुद्ध बुधबार खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया